• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
लन टेनिस
  • गृहपृष्ठ
  • लन टेनिस
बोरिस र आयुष्मानको विजयी सुरुआत
खेलपाटी संवाददाता
सोमबार, मंसिर २६, २०७९ खेलपाटी संवाददाता
बोरिस र आयुष्मानको विजयी सुरुआत

काठमाडौं ।  नेपालका बोरिस अधिकारी र आयुषमान हजुर घलेले २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को ब्वाइज सिंगल्समा सोमबार विजयी सुरुआत गरेका छन् ।

पहिलो दिन ब्वाइज सिंगल्समा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गरेकोमा बोरिस र आयुषमानले जित हात पारेका हुन्।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा बोरिसले भारतका पुगाज्सेभेललाई ६–० र ६–० तथा आयुषमानले भारतकै पार्थ सानेलाई ६–२ र ६–२ को सोझो सेटमा पराजित गरे ।

मन जय टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समै हङकङका कि छियोङ मोरिस हाङले नेपालका वृजेश अर्याललाई ६–२ र ६–३, बंगलादेशका मोहम्मद अलिफ होसेनले भारतका अबिर श्रीवास्तवलाई ६–१ र ६–४, भारतका आदित्य सिंहले नेपालमा आसभसम्राट हाडालाई ६–३ र ६–१, भारतका भिभान मिर्धाले नेपालका निशाद जोशीलाई ६–० र ६–०, बंगलादेशका मोहम्मद तन्विर मुन तुसारले भारतका सञ्जय गिरिस गुप्तालाई ६–३ र ६–३, भारतका किशोर श्रीरामले नेपालका अद्रिन थापालाई ६–१ र ६–०, यमनका हमुद इयादले नेपालका युभेनमान श्रेष्ठलाई ६–० र ६–१ तथा हङकङका यु हिन वोङले भारतका तनिश रेड्डी भुन्द्यालालाई ६–० र ६–१ को सोझो सेटमा हराउदै पहिलो चरण पार गरे ।

एसियाली टेनिस महासंघको स्वीकृति तथा नेपाल टेनिस संघको सहयोगमा भइरहेको प्रतियोगिताको गल्र्स सिंगल्समा बंगलादेशकी तायेबा खानोमले भारतकी मेगाली प्रकाशलाई सीधा सेटमा ६–० र ६–१ ले पन्छाइन् ।

प्रतियोगिताको नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले एक कार्यक्रमबीच उद्घाटन गरिन् । विभिन्न १४ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा ब्वाइज÷गल्र्स सिंगल्स र डबल्स स्पर्धा समावेश छन् । २६ ब्वाइज र १७ गल्र्स गरी ४३ खेलाडीको सहभागिता रहेको प्रतियोगिता निर्देशक मालिका राणा बस्नेतले जानकारी गराइन् ।

एकेडेमीको यो पहिलो जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिता हो । एकेडेमीले विगतका १९ संस्करण जुनियर राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो ।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि
आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि
टेनिस तदर्थ समितिको संयोजकमा मुल
टेनिस तदर्थ समितिको संयोजकमा मुल
शिभालीले अन्तर्राष्ट्रिय टेनिसमा रचिन् इतिहास
शिभालीले अन्तर्राष्ट्रिय टेनिसमा रचिन् इतिहास
टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन
टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन
आरब र सुनिरा थापा च्याम्पियन
आरब र सुनिरा थापा च्याम्पियन
ओसाकाको सानदार सुरुआत
ओसाकाको सानदार सुरुआत
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सुखद् सुरुआतमा चेल्सी
सुखद् सुरुआतमा चेल्सी
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP