ब्राजिल र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा
शुक्रबार, २३ मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो खेलमा अहिले क्रोएसिया र ब्राजिलबीच प्रतिस्पर्धा भईरहेको छ ।
एजुकेसन सिटी स्टेडियममा जारी ब्राजिल र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा गएको छ ।
निर्धारित ९० मिनेटको समय गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा धकलिएको हो ।
साविक उपविजेता क्रोएसिया ब्राजिललाई हराएर अन्तिम चारको यात्रा तय गर्न चाहन्छ ।
राउण्ड अफ १६ मा क्रोएसियाले जापानलाई हराएको थियो ।
यता, पाँच पटकको च्याम्पियन ब्राजिल पनि जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेको छ ।
ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो ।
ब्राजिल र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा









-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)


