पहिलो हाफमा कोरिया र पोर्चुगलको बराबरी
शुक्रबार, १६ मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले दक्षिण कोरिया र पोर्चुगलबीच प्रतिस्पर्धा भईरहेको छ ।
एजुकेसन सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा कोरिया र पोर्चुगलले १-१ गोलको बराबरी खेलेका छन् ।
खेलको पाँचौं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको २७ औं मिनेटमा किम योङ जीओनले गोल गर्दै कोरियालाई १-१ गोलको बराबरीमा ल्याए ।
आज दुबै टोली जित निकाल्ने योजनामा रहेका छन् ।
पोर्चुगल नकआउट चरणमा पुगिसकेको छ ।
कोरिया जित निकाल्दै नकआउट चरणमा पुग्ने योजनामा रहेको छ ।
पहिलो हाफमा कोरिया र पोर्चुगलको बराबरी









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



