पाकिस्तानको टेस्ट टिम घोषणा
सोमबार, ०५ मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । घरेलु टोली पाकिस्तानले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजका लागि टोली घोषणा गरेको छ ।
पाकिस्तानले बाबर आजमको कप्तानीमा टेस्ट टिम घोषणा गरेको हो ।
सन् २००५ पछि पहिलो पटक पाकिस्तानको घरेलु भुमिमा इंग्ल्यान्डले टेस्ट सिरिज खेल्न लागेको हो । पाकिस्तान र इंग्ल्यान्डबीच तीन खेलको टेस्ट सिरिज हुदैछ ।
विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने आशा जीवित राख्न पाकिस्तानका लागि यो सिरिज महत्वपूर्ण हुनेछ । बाबर आजमको टोली तालिकाको पाँचौं स्थानमा छ ।
पाकिस्तानी टोली -
बाबर आजम(कप्तान), मोहम्मद रिजवान, सरफराज अहमद, शान मसूद, सऊद शकील, सलमान आगा, नसीम शाह, नौमान अली, अब्दुल्ला शफीक, इमाम उल हक, फहीम अशरफ, हारिस रऊफ, मोहम्मद वसीम ,अबरार अहमद, जाहिद महमुद, मोहम्मद नवाज, अजहर अली र मोहम्मद अली
पाकिस्तानको टेस्ट टिम घोषणा











-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)
