जोकोभिचद्वारा फेडेररको कीर्तिमान बराबरी
सोमबार, मंसिर ५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले एटिपी फाइनल्सको उपाधि जितेका छन् ।
३५ वर्षीय जोकोभिचले फाइनलमा नर्वेका कास्पर रुडलाई ७-५ र ६-३ ले हराउँदै उपाधि जितेका हुन् ।
जोकोभिचको यो छैटौं एटिपी फाइनल्सको उपाधि हो ।
जोकोभिचले स्विस खेलाडी रोजर फेडेररको कीर्तिमानसँग बराबरी समेत गरेका छन् ।
फेडेररले कीर्तिमानी ६ पटक एटिपी फाइनल्सको उपाधि जितेका थिए ।
पछिल्लो पटक जोभोभिचले २०१५ मा एटिपी फाइनल्सको उपाधि जितेका थिए ।
जोकोभिचद्वारा फेडेररको कीर्तिमान बराबरी






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)





