जोकोभिचद्वारा फेडेररको कीर्तिमान बराबरी
सोमबार, ०५ मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले एटिपी फाइनल्सको उपाधि जितेका छन् ।
३५ वर्षीय जोकोभिचले फाइनलमा नर्वेका कास्पर रुडलाई ७-५ र ६-३ ले हराउँदै उपाधि जितेका हुन् ।
जोकोभिचको यो छैटौं एटिपी फाइनल्सको उपाधि हो ।
जोकोभिचले स्विस खेलाडी रोजर फेडेररको कीर्तिमानसँग बराबरी समेत गरेका छन् ।
फेडेररले कीर्तिमानी ६ पटक एटिपी फाइनल्सको उपाधि जितेका थिए ।
पछिल्लो पटक जोभोभिचले २०१५ मा एटिपी फाइनल्सको उपाधि जितेका थिए ।
जोकोभिचद्वारा फेडेररको कीर्तिमान बराबरी





-1776255486335.jpeg&w=3840&q=75)










%20(1)-1777447778534.jpeg&w=3840&q=75)