दक्षिण अफ्रीकाका काल्भिनले नेपाल टी-ट्वान्टी लिग खेल्ने
शनिबार, मंसिर ३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । दक्षिण अफ्रीकाका बलिङ अलराउण्डर काल्भिन स्याभेजले नेपाल टी-ट्वान्टी लिग खेल्ने भएका छन् ।
काल्भिनले नेपाल टी-ट्वान्टीको फ्रेन्चाईज टोली लुम्बिनी अल स्टार्सबाट खेल्ने भएका हुन् ।
लुम्बिनीले शनिबार सामाजिक संजालबाट काल्भिनलाई अनुबन्ध गरिएको जनाएको छ ।
लुम्बिनीले अष्ट्रेलियाका अलराउण्डर बेन कटिङको स्थानमा काल्भिनलाई अनुबन्ध गरिएको जनाएको छ ।
काल्भिनले १९ टी-ट्वान्टी, ६९ प्रथम श्रेणी र ५२ लिष्ट ए क्रिकेट खेलेका छन् ।
काल्भिनले दक्षिण अफ्रिकाको यू-१९ टोलीबाट खेलिसकेका छन् ।
कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करणको लिग मंसिर २६ बाट पुस १६ सम्म आयोजना हुनेछ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।

दक्षिण अफ्रीकाका काल्भिनले नेपाल टी-ट्वान्टी लिग खेल्ने






-1762758084543.jpg&w=3840&q=75)



-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)


