आसिफ प्लेयर अफ द म्याच
शुक्रबार, मंसिर २, २०७९खेलपाटी संवाददाता

काठमाडौं । युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रियमा नेपालका आसिफ शेख प्लेयर अफ द म्याच चुनिएका छन् ।
नेपाललाई जित दिलाउन उत्कृष्ट ब्याटिङ गरेका आसिफ प्लेयर अफ द म्याच बनेका हुन् ।
निर्णायक मानिएको अन्तिम खेलमा आसिफको अर्धशतकमा नेपालले युएईलाई ६ विकेटले हराएको थियो ।
युएईलाई ६ विकेटले हराएसँगै नेपालले शुक्रबार सिरिज २-१ ले जितेको थियो ।
युएईविरुद्ध दुई पटक जीवनदान पाएका आसिफले अविजित रहदै सर्वाधिक ८८ रनको अर्धशतकीय इनिङ खेले । उनले १ सय १९ बलमा १२ चौका प्रहार गरे ।
प्लेयर अफ द म्याच बनेका उनले २० हजार नगद प्राप्त गरे ।
आसिफलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का बोर्ड सदस्य अन्जन धमलाले पुरस्कृत गरे ।
आसिफ प्लेयर अफ द म्याच






-1762758084543.jpg&w=3840&q=75)



-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)


