अक्सन अघि बैंगलोरको टिम

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरले पहिलो संस्करणको ईण्डियन प्रिमियर लिग(आइपीएल) देखि २०२२ को १५ औं संस्करणसम्म निरन्तर सहभागिता जनाउदै आएको छ ।
१५ पटकको सहभागितामा बैंगलोर च्याम्पियन बन्न सकेको छैन । गत संस्करणमा चौथो हुन सफल बैंगलोर २०२३ को आईपीएलको अक्सन अगाडी आफ्ना ४ खेलाडीलाई अक्सनका लागि टिमबाट फुकुवा गरेको छ ।
बैंगलोरबाट फुकुवामा पर्ने ४ खेलाडीमा १ विदेशी सहित ३ भारतीय खेलाडी रहेका छन् । फकुवामा पर्ने विदेशी खेलाडीमा वेस्ट इण्डिजका अलराउण्डर शेरफर्न रादरफोर्ड रहेका छन् ।
फुकुवा हुने भारतीय खेलाडीहरुमा एनिश्वर गौतम,चाम मिलिन्ड,लुभानित सिसोडिय रहेका छन् ।
बैंगलोरका टोलीसँग ८.७५ करोड भारतीय रुपैयाँ बाकीँ रहँदा उसले दुई विदेशी सहित सात खेलाडी टोलीमा अनुबन्ध गर्न बाकीँ रहेको छ ।
२०२३ को आईपीएलको मिनी अक्सन डिसेम्बर २३ मा हुदैछ । मिनी अक्सन भारतको कोची शहरमा हुनेछ।
केही खेलाडी फुकुवा गरेपछि बैंगलोरको टोली -
आकाश दीप, अनुज रावत, डेविड विली, दिनेश कार्तिक, फाफ डु प्लेसिस(कप्तान), फिना एलेन, ग्लेन मेक्सवेल, हर्षल पटेल, जोश हेजलउड, कर्ण शर्मा, महिपाल लोमरो, मोहम्मद सिराज, रजत पाटीदार, शाहबाज अहमद, सिद्धार्थ कौल, सुयश प्रभुदेसाई, विराट कोहली र वानिन्दु हसरंगा










-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



