दिपेशको कप्तानीमा प्रदेश-१ को टोली घोषणा
बिहिबार, मंसिर १, २०७९खेलपाटी संवाददाता
काठमाडौं । यू-१९ राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश -१ ले आफ्नो टिमको घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने यस प्रतियोगिताको लागि प्रदेश-१ ले दिपेश कँडेलको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा गरेको हो ।
प्रतियोगितामा प्रदेश-१ सहित सात प्रदेशको टोलीको सहभागीता रहने छ । प्रतियोगितामा प्रदेश एक, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिता मंसिर ७ गतेबाट १९ गतेसम्म टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा प्रदेश १ को पहिलो खेल ८ मंसिरमा गण्डकी प्रदेशविरुद्ध रहेको छ ।

दिपेशको कप्तानीमा प्रदेश-१ को टोली घोषणा










-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



