डेब्युमा अर्जुनको अर्धशतक
सोमबार, २८ कार्तिक २०७९खेलपाटी संवाददाता

काठमाडौं । युएईविरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालका ब्याट्सम्यान अर्जुन साउदले अर्धशतक बनाएका छन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईले दिएको २ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहदा अर्जुनले अर्धशतक बनाएका हुन् ।
अर्जुनले ७७ बलमा ५ चौकासहित ५० रन पूरा गरे ।
अर्जुनले एकदिवसीय अन्तराष्ट्रियको डेब्यु खेलमै अर्धशतक बनाएका हुन् ।
तर, अर्जुन ५१ रन बनाएर आउट भएका छन् ।
डेब्युमा अर्जुनको अर्धशतक







-1770628505169.jpg&w=3840&q=75)




