युएईद्वारा नेपाललाई २६४ रनको लक्ष्य

काठमाडौं । पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा युएईले घरेलु टोली नेपाललाई जितका लागि २ सय ६४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६३ रन बनायो ।
युएईका लागि रोहन मुस्तफाले ५३ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै मुहमद वासिमले ४४ रन जोड्दा भ्रित्य अरभिन्दले ४० रन बनाए ।
एलिशन शाराफुले २९ रन बनाए भने बसिल हामिदले १४ तथा कप्तान सिपि रिजवान २ रनमा आउट भए ।
आयन हफ्जल खानले २६ रन जोड्दा आउट भए भने अहमेद राजाले अविजित २७ रन बनाए ।

नेपालका गुलशन झाले २ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।
आज दुबै टोली जित निकाल्दै सिरिजमा सुखद सुरुआतको योजनामा रहेका छन् ।
नेपाल र युएईबीच तीन खेलको सिरिज हुनेछ ।
युएई र नेपालबीचको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय बुधबार तथा तेस्रो खेल शनिबार हुनेछ ।









-1766479491057.jpeg&w=3840&q=75)
-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)



