टेस्टबाट सन्यास लिने वार्नरको योजना
सोमबार, कार्तिक २८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नरले टेस्ट क्रिकेटबाट सन्यास लिने तयारी गरेका छन् ।
वार्नरले यसै वर्षभित्र टेस्ट क्रिकेटबाट सन्यास लिने योजना बनाएका हुन् ।
वार्नरले आउँदो वर्षको एसेज टेस्ट सिरिजपछि टेस्टबाट सन्यास लिन सक्ने छन् ।
टी-ट्वान्टी र एकदिवसीयलाई केन्द्रित गर्न वार्नरले टेस्टबाट सन्यासको योजना बनाएका हुन्।
वार्नरले २०२३ को एकदिवसीय र २०२४ को टी-ट्वान्टी विश्वकप खेल्ने लक्ष्य लिएका छन् ।
३६ वर्षीय वार्नरले अष्ट्रेलियाका लागि ९६ टेस्ट खेलेका छन् । जसमा ७ हजार बढी रन बनाएका छन् ।
टेस्टबाट सन्यास लिने वार्नरको योजना









-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)





