फर्गुसन र गुर्बाज कोलकत्तामा
आइतबार, २७ कार्तिक २०७९खेलपाटी संवाददाता

काठमाडौं । आईपीएल टोली कोलकत्ता नाईट राईडर्सले न्युजिल्याण्डका बलर लकी फर्गुसन र अफगानिस्तानका रहमानुउल्लाह गुर्बाजलाई अनुबन्ध गरेको छ ।
कोलकत्ताले आईपीएल २०२३ का लागि गुजरात टाइटन्सबाट फर्गुसन र गुर्बाजलाई अनुबन्ध गरेको हो ।
गत वर्ष फर्गुसनले गुजरातका लागि १३ खेल खेल्दै १२ विकेट लिएका थिए।
विकेटकिपर ब्याट्सम्यान गुर्बाजलाई गुजरातले गत वर्ष अनुबन्ध गरेको थियो ।
२०२२ को आईपीएलमा इंग्ल्यान्डका ब्याट्सम्यान जेसन रोयको विकल्पका रूपमा उनलाई गुजरातले अनुबन्ध गरेको थियो । तर, उनले खेल्ने मौका भने पाएनन् ।
फर्गुसन र गुर्बाज कोलकत्तामा








-1766479491057.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)




