• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
म्याराथन
  • गृहपृष्ठ
  • म्याराथन
नेपालगन्ज म्याराथनलाई एम्सको सदस्यता प्रदान
खेलपाटी संवाददाता
शुक्रबार, कात्तिक २५, २०७९ खेलपाटी संवाददाता
नेपालगन्ज म्याराथनलाई एम्सको सदस्यता प्रदान

काठमाडौं ।  नेपालगन्ज म्याराथनलाई एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट प्राप्त सदस्यता पत्र प्रदान गरिएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाली सिनेजगतका महानायक राजेश हमालले नेपालगन्ज उप महानगरपालिकाका मेयर प्रशान्त विष्ट र कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यलाई सदस्यता पत्र हस्तान्तरण गरे ।

नेपालगन्ज म्याराथन ऐम्सबाट रुट प्रमाणित र ऐम्सको सदस्यता प्राप्त एक मात्र नेपालको म्याराथन हो ।

हरेक वर्ष आयोजना हुने नेपालगन्ज म्याराथनको आठौं संस्करण यसपटक मंसिर २४ गते शनिबार हुनेछ । हरेक वर्ष मंसिरको पहिलो शनिबार आयोजना हुँदै आएको नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो ।

नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शनिबार म्याराथन हुँदै आएको छ ।

कार्यक्रममा बोल्दै नायक हमालले नेपालगन्ज म्याराथनलाई त्यहाँका नगरबासीले अपनत्वबोध गरेको अनुभव आफूले गरेको बताए ।

हमालले गत वर्ष आफू नेपालगन्ज म्याराथनमा सहभागी हुँदा त्यसको माहोलबाट प्रभावित भएको बताएका छन् । उनले प्रतियोगीताले शहर र देशलाई नै अन्तराष्ट्रिय स्तरमा चिनाउने अवसरका रुपमा लिनसक्नु पर्ने पनि बताए ।

सोही अवसरमा नेपालगन्ज उप महानगरपालिकाका मेयर विष्टले नेपालगन्ज उप महानगर नेपालगन्ज म्याराथनको अभिभावकत्व लिन तयार रहेको बताएका थिए । कोहलपुर नगरपालिकाका मेयर आचार्यले पनि म्याराथनको अपनत्वबोध भएकाले स्थानीय सरकारबाट गर्न सक्ने सहयोगका लागी आफूहरु त्यार रहेको बताए ।

नेपालगन्ज म्याराथनका संरक्षक सदस्य रघुराज वन्तको सभापतित्वमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा धावक गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठले नेपालगन्ज म्याराथनमा सहभागी हुँदाको अनुभव सुनाउँदै नेपालगन्ज म्याराथनको रुट अन्तराष्ट्रिय स्तरमा उत्कृष्ट रहेको बताएका थिए ।

नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टि.एस.ठकुरीले नेपालगन्ज म्याराथनलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न सबैको साथ आवश्यक रहेको बताएका थिए ।

' तपाईहरुसँग खुशी बाँड्न चाहन्छौं । तपाईंहरुको स्नेह, साथ र सहयोगले नेपालगन्ज म्याराथन अन्तर्राष्ट्रिय मञ्चमा जोडिन पुगेको छ । यसको सम्पुर्ण श्रेय सरोकारवालालाई दिन चाहन्छौं,' ठकुरीले भने, 'नेपालबाट नेपालगन्ज म्याराथनले एम्स बाट सदस्यता प्राप्त गर्न सफल भइ एम्सको क्यालेन्डर र डाइरेक्टरीमा सुचिकृत भएको छ । यो तपाईं हामी सबैका लागि खुशीको कुरा हो ।'

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने प्रतियोगितामा ११ वटा विधामा स्पर्धा समावेश गरिनेछ ।

 कर्पोरेटतर्फ महिला यसबर्ष थप गरिएको हो । पुरुषतर्फ म्याराथन(४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन(२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन(८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन पुरुष तथा महिला, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ । साथै बिभिन्न विधालाई समेट्दै पुरस्कृत गरिनेछ । सहभागिता एवं भव्य बनाउने आधारमा शैक्षिक संघसंस्था, क्लब, आमा समुह, वडा समिति, बिभिन्न भेषभुषा र कला सम्बन्धि बिषयमा समेत मुल्यांकन गरी पुरस्कृत गरिने आयोजकले जनाएको छ  ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजयलाई
ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजयलाई
अनिशाले तोडिन् केशरीको १८ वर्ष पुरानो कीर्तिमान
अनिशाले तोडिन् केशरीको १८ वर्ष पुरानो कीर्तिमान
१०० मिटरमा अदित्य र गौरीलाई स्वर्ण
१०० मिटरमा अदित्य र गौरीलाई स्वर्ण
जुलियस र सन्तोषीलाई काठमाडौ २५ के उपाधि
जुलियस र सन्तोषीलाई काठमाडौ २५ के उपाधि
ओलम्पियन वैकुण्ठ मानन्धर सम्मानित
ओलम्पियन वैकुण्ठ मानन्धर सम्मानित
हाफ म्याराथनमा खडकबहादुर र सन्तोषी च्याम्पियन
हाफ म्याराथनमा खडकबहादुर र सन्तोषी च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP