बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

ट्रयाक एण्ड फिल्डकी ‘नयाँ रानी’

बिहिबार, कार्तिक ३, २०७९हेम राज हमाल
ट्रयाक एण्ड फिल्डकी ‘नयाँ रानी’
Classic Tech Internet Ad

पोखरा । खेल जीवनका ८ वर्ष जयरानीका लागि उतारचढावपूर्ण रहे । यो ८ वर्षमा उनको सबैभन्दा सफलता के हो त?

उनी नम्बरलाई मात्र सफलतासँग जोडेर हेर्दिनन् । नम्बरले जयरानीलाई ’च्याम्पियन जयरानी’ भनेर चिनाएको छ ।

यो परिचयलाई उनी केवल आफ्नो जीवनको एक भाग मान्छिन् भने आफूले बाँचिरहेको समयलाई बास्तविक जीवन । 

’एउटा खेलाडीलाई नाम, दाम लोकप्रियता सबै चाहिन्छ । यो राम्रै कुरा भयो नि हैन र ?’ यो प्रश्नमा जयरानीको उत्तर फरक छ ।

’चम्किलो स्वर्ण पदक भिरेर जगमगाइरहेकी जयरानी भन्दा ट्रयाकमा पसिना बगाउदै दौडिरहेकी जयरानी वास्तविक जयरानी हुन् । मानिसहरुले स्वर्ण जितेर गर्वका साथ उभिरहेकी जयरानीलाई निश्चित समयसम्म मात्रै देख्छन् तर मैले त्यो संघर्षशील जयरानीको हरेक दिन सामना गरेकी छु । जसले मलाई मेरो धरातल कहिल्यै बिर्सन दिदैन ।’ जयरानी सालिन हुन्छिन् । 

May be an image of 3 people, people playing sports and text

बर्दिया जिल्ला मधुबन नगरपालिका २ सुन्दरपुरको एक बिपन्न परिवारमा जन्मिएकी जयरानी थारु अब २२ बर्ष लाग्दैछिन् । विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट एथलेटिक्समा उनी अहिले नवौ राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गरिरहेकी छिन् । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदमा जयरानी थारुले चार स्वर्ण पदक जितेकी छन् । जसमध्य तीन वटा त राष्ट्रिय कीर्तिमान सहित ।

जयरानीले ४ सय मिटर हर्डल्स, सय मिटर हर्डल्स, लङजम्प र सय मिटर रिलेमा स्वर्ण जितेकी थिइन् । 

ट्रयाक एण्ड फिल्डमा अहिले कोहि खेलाडी पनि उनको वरिपरी आउन सकेका छैनन् । यस्तो लाग्छ उनीसँग जितको सुत्र छ । नवौ राष्ट्रिय खेलकुदमा जयरानीले स्वर्ण हासिल गरेको देख्दा लाग्थ्यो जित अब उनको बानि भैसक्यो । 

खेलप्रतिको उनको रुची बच्चा बेला देखिकै हो । उनको बिद्यालय माध्यमिक विद्यालयमा चढिसकेपछि उनले राष्ट्रपति रनिंग शिल्डमा भाग लिन थालिन् । रनिंग शिल्डमा देखिएको प्रदर्शनले उनमा सम्भावना रहेको बुझ्दै उनको प्रतिभालाई थप निखार्न जनज्योति बोर्डिंगले आफ्नै होस्टेलमा राख्दै उनलाई अभ्यास गर्ने र पढ्ने वातावरण मिलायो । प्रशिक्षक विश्वराज चौधरी र सुमित्रा चौधरीले रनिंग शिल्डमा उनीबाट प्रभावित भएर यो व्यवस्था मिलाएका थिए । 

May be an image of 4 people and outdoors

उनलाई दौडिन मन पर्दथ्यो । बिद्यालयस्तरमै दौड प्रतियोगिताबाट उनलाई पनि आफुसँग क्षमता छ भन्ने लागिसकेको थियो । अनि उनले एथलेटिक्स रोज्ने निर्णय गरिन् । ’व्यक्तिगत खेल भएकाले यदि धेरै मेहनत गरे भने फल पाउछु भन्ने थियो, त्यहि विश्वासले मैले एथलेटिक्स रोजे ।’ जयरानी आफुले एथलेटिक्स रोज्नुको कारणबारे भन्छिन् । 

नवौं राष्ट्रपति रनिंग शिल्डमा उनले आफ्नो खेल जीवनकै पनि पदक जितिन् । त्यसले उनमा अब म खेल्छु र पदक पनि जित्छु भन्ने धारणा आइसकेको थियो । २०७२ सालबाट उनले आफ्नो खेलजीवन सुरु गरिन् । उनले राष्ट्रिय स्तरमा पहिलोपटक मौका पाएको प्रतियोगिता सातौँ राष्ट्रिय खेलकुद रह्यो ।

जिल्ला छनोटमा राम्रो नतिजा निकाल्दै सबैको विश्वास जितेर तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट खेलेकी थिइन् । तर रिलेमा मात्र प्रतिस्पर्धा गर्न पाईन् । उनी सम्मिलित टोलीले १ सय मिटर रिलेमा रजत पदक जितेका थियो । 
२०७५ मा आठौ राष्ट्रिय खेलकुदमा उनको प्रदर्शन सोचे अनुरुप गएन । लुम्बिनी प्रदेशलाई उनीबाट स्वर्णको अपेक्षा थियो । अभ्यासको कमीका कारण उनले स्वर्ण त जित्न सकिनन् तर १ सय मिटर हर्डल्समा रजत र लङजम्पमा कास्य पदक जितिन । रिलेमा २ रजत जितिन् । 

सानै उमेरकी जयरानीले सबैको ध्यान भने आफुतिर तानिन् । उनमा बिशेष प्रतिभा थियो । अब आर्मी उनको पछि थियो । 

आर्मी जसरी भएपनि जयरानीलाई भित्र्याउन चाहन्थ्यो । जयरानी पनि आर्मीमा जना इच्छुक थिइन् । किनकी त्यो समयमा उनलाई आर्थिक समस्याले संधै पिरोल्थ्यो । उनी बिश्वस्त थिइन्, आफ्नो खेललाई जारी राख्न आर्मीमा जानुको विकल्प छैन । थप हौसला गुरुबाट आउथ्यो । आर्मीले उनलाई राम्रो सेवा सुविधामा खेल्न दिनसक्थ्यो । जागिरे भएपछि घरको आर्थिक समस्यामा पनि सुधार आउने हुँदा जयरानी आर्मीप्रति सकारात्मक थिइन् । 

अन्ततः २०७६ साउन १५ गते आर्मीको खेलकुद कोटामा जयरानी थारु नेपाल आर्मीमा गईन् । त्यसपछि तालिम लिएर पूर्ण नेपाली सेना बनिन् । त्यसपछि उनले पछाडी फर्केर हेर्नु परेन । अभावमा पनि चम्किएकी जयरानीको उडानलाई आर्मीको नियमित अभ्यास, राम्रो सेवा सुविधाले नयाँ उचाई दियो । 

उनी अहिले नेपालको च्याम्पियन हुन् । तर अन्तराष्ट्रिय मञ्चमा भने उनी आफ्नो क्षमता देखाउन पर्खिरहेकी छिन् । २०७३ सालमा दोस्रो जुनियर एसियन खेलकुद, थाइल्यान्डमा उनले पहिलो अन्तराष्ट्रिय खेल खेलिन् । त्यसपछि श्रीलंकामा पनि जुनियरनै खेलिन् तर नतिजा राम्रो आएन ।

May be an image of 8 people, people playing sports and outdoors

’त्योबेला मा प्रदेशकै टिमबाट खेल्थे । नियमित अभ्यास थिएन । त्यसले तयारी पनि नपुग्ने हुँदा खासै राम्रो गर्न सकिन ।’ उनी भन्छिन् । १३ औं सागको बेलामा पनि आर्मीको तालिमले गर्दा उनले साग गुमाइन् । तर उनी आशावादी छिन् । पहिलेको र अहिलेको जयरानीमा धेरै भिन्नता छ । उर्जा त्यही छ तर अनुभव जोडिएको छ । अहिले उनी आफुलाई पूर्ण तयार रहेको मान्छिन् । 

उनी आफ्नो खेलजीवनमा आएको यो परिवर्तनको लागि आर्मीलाई सम्पूर्ण श्रेय दिन्छिन् । प्रादेशिक टोलीमा भन्दा आर्मीमा सबैकुरा उपलब्ध हुन्छ । त्यसले गर्दा उनलाई खेलिरहने वातावरण सिर्जना भयो । आर्मीले नै गर्दा उनी यो स्थानसम्म आएकी छन् । अहिले उनी घर जाँदा सम्पूर्ण गाउँ उनको सम्मानमा उनको घरमा उपस्थित हुने गरेको छ । सबैले माया गर्छन् । यही त हो सफलताको खुसी । सबैलाई यस्तै खुसी बनाइराख्ने उनको चाहना छ । यो सबै आर्मी बिना सम्भव थिएन । 

जुनियर खेलकुदमा थाइल्याण्ड जाँदा उनका बुवाले ऋण सापटी खोजेर उनको पासपोर्ट बनाउँदाको दृश्य अहिलेपनि उनको आँखामा झल्झली आउने गर्छ । त्यो यस्तो समय थियो, जब जयरानीले अब खेल खेल्दिन्, यो सबै छोडिदिन्छु भनेर पनि सोचेकी थिइन् । 

भविष्य के हुने हो टुंगो थिएन, तर उनका बुवाले पासपोर्ट बनाउन भोगेको दुखले उनलाई मानसिक रुपमै विक्षिप्त परेको थियो । पछि गुरु विश्वराज चौधरीले नै उनलाई सम्झाए । र आर्मीमा जागिर खाने योजना बन्यो । 

एउटा त्यो पनि समय थियो, जब भावुक बनेर जयरानी एक्लै रुन्थिन । एउटा यो पनि समय छ, जव स्वर्ण पदकमा घामको किरण ठोक्किदा निस्किने चमक पनि जयरानीको अघि फिक्का लाग्छ । अहिले उनलाई ट्रयाक एण्ड फिल्डकी रानी मान्न थालिएको छ । 

जयरानी नेपाली एथलेटिक्सको विकास हुनको लागि यसमा लागेका खेलाडी, प्रशिक्षक सबैजना खुसी हुनुपर्ने बताउछिन् । जबसम्म खेलाडी खुसी भएर खेल्दैन, नतिजा आउन मुस्किल नै हुन्छ । पहिलेको तुलनामा केहि राम्रो भैरहेको भएपनि अझै हुनुपर्ने जति बिकाश नभएको उनको ठम्याई छ ।  एथलेटिक्समा लाग्दा जयरानीले आफ्नो पढाइ निरन्तर राख्न सकिनन् । अबको उनको लक्ष्य ओलम्पियन बन्नु र एसियन खेलमा पदक जित्नु हो । त्यसका लागि एउटी सुत्र उनले लागु गर्ने बताउँछिन्,  मेहनत । 

त्यही सुत्रले अहिले उनलाई जयरानी बनाएको छ ।

May be an image of 1 person and standing

Bajaj Pulsar Motorcycle Ad
#ट्रयाक एण्ड फिल्ड

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

Bajaj Pulsar Motorcycle Ad
एट्लेटिकोको प्रभावशाली जित

एट्लेटिकोको प्रभावशाली जित

 डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

बायर्नले पीएसजीलाई चखायो हार

बायर्नले पीएसजीलाई चखायो हार

सान्त्वना जितको खोजीमा नेपाल

सान्त्वना जितको खोजीमा नेपाल

लिभरपुलसँग रियल पराजित

लिभरपुलसँग रियल पराजित

रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए