नवौं राष्ट्रिय : महिला भलिबलमा बागमतीलाई कास्य
बुधबार, कार्तिक २, २०७९खेलपाटी संवाददाता
1666163902.jpg&w=3840&q=75)
पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलतर्फ बागमती प्रदेशले कास्य पदक जितेको छ ।
म्याग्दीको बेनीमा बुधबार कास्य पदकका लागि भएको खेलमा गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गर्दै बागमती प्रदेशले कास्य पदक प्राप्त गरेको हो ।
गण्डकीले पहिलो सेट २५–२० जितेको थियो । दोस्रो,तेस्रो र चौथो सेट लगातार बागमतीले जितेको थियो । बागमतीले क्रमशः २५-१२,२५-२१ तथा २५-१७ मा तीन सेट जितेको थियो ।
मंगलबार सेमिफाईनलमा पराजित बागमती र गण्डकीले कास्यका लागि खेलेका थिए । बुधबार सेमिफाईनलमा जित हात पारेका दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब बिच स्वर्णका लागि आज नै खेल हुनेछ ।
नवौं राष्ट्रिय : महिला भलिबलमा बागमतीलाई कास्य













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)