नवौं राष्ट्रिय : महिला बास्केटबलमा बागमतीको जित
आइतबार, ३० आश्विन २०७९खेलपाटी संवाददाता
पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला बास्केटबल प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।
आइतबार भएको खेलमा बागमतीले गण्डकीलाई ६७–४३ अंकको अन्तरमा पराजित गरेको हो ।
प्रतियोगिता लिग चरणमा खेलाइएको प्रतियोगिताको पहिलो चरणमा बागमतीले २५–५ को फराकिलो अन्तर बनाएको थियो । यसै गरी बागमतीले दोस्रो चरणमा १३–८, तेस्रो चरणमा २०–१४ को अन्तर कायम गर्यो । चौथो चरणमा गण्डकीले १६–९ को अन्तर बनायो ।
खेलमा गण्डकीकी सीमा गर्वुजाले सर्वाधिक १६ अंक जोडेकी थिइन् ।
यसअघिको खेलमा बागमतीले प्रदेश–१ लाई ७५–२४ को अन्तरमा जित हासिल गरेको थियो ।
नवौं राष्ट्रिय : महिला बास्केटबलमा बागमतीको जित









-1766108754902.webp&w=3840&q=75)
-1766107820742.webp&w=3840&q=75)

-1766026440435.webp&w=3840&q=75)
