पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीतर्फ आर्मी क्लबकी गौरिका सिंहले शनिबारको दुई इभेन्ट्सले प्रतिस्पर्धा नगर्ने भएकी छिन् ।
अस्वस्थ्य भएपछि गौरिकाले दुई इभेन्ट्सको खेल गुमाउने भएकी हुन् ।
पेट दुखेको कारण गौरिकाले १०० मिटर फ्री स्टाइल र २०० मिटर ब्याक स्ट्रोकको इभेन्ट्स नखेल्ने भएकी हुन् ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शनिबारबाट पौडीका स्पर्धाहरु सुरु भएका छन् ।