नवौं राष्ट्रिय : महिला बास्केटबलमा बागमतीको जित
शनिबार, २९ आश्विन २०७९खेलपाटी संवाददाता
पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला बास्केटबल प्रतियोगितामा प्रदेश–१ विरुद्ध बागमती प्रदेशले जित हासिल गरेको छ ।
शनिबार भएको खेलमा प्रदेश–१ लाई ७५–२४ को अन्तरमा बागमतीले जित हासिल गरेको हो ।
प्रतियोगिताको पहिलो चरणमा बागमतीले १७–६ को अन्तर बनाएको थियो । दोस्रो चरणमा प्रदेश–१ ले कमजोरी खेल प्रदर्शन पुनः बागमती प्रदेशले २३–३ को फराकिलो अन्तर बनायो । त्यसपछिको तेस्रो र चौथो चरणमा पनि बागमतीले क्रममा २२–८ र १३–९ को अन्तर बनायो ।
प्रतियोगितामा बागमती प्रदेशलाई जित हासिल गराउन विना मणि योञ्जनले १३ अंक जोडेकी थिइन् ।
नवौं राष्ट्रिय : महिला बास्केटबलमा बागमतीको जित









-1766108754902.webp&w=3840&q=75)
-1766107820742.webp&w=3840&q=75)

-1766026440435.webp&w=3840&q=75)
