काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले जनवरी ट्रान्सफरमा क्लब छाड्ने सक्ने भएका छन् ।
मुख्य प्रशिक्षक एरिक टेन हागले क्लब छाड्न चाहेका रोनाल्डोलाई नरोक्ने भएका छन् ।
टेलिग्राफको अनुसार अब उपयुक्त प्रस्ताव आएमा रोनाल्डोले जनवरीमा युनाईटेड छाड्न सक्ने छन् ।
पोर्चुगिज फरवार्ड रोनाल्डो पछिल्लो समय युनाईटेड छाड्ने योजनामा रहेका छन् ।
हागको नेतृत्वमा युनाईटेडको टोलीमा नियमित स्थान बनाउन असफल भएपछि रोनाल्डो क्लब छाड्ने योजनामा रहेका हुन् ।
आइतबार राति म्यानचेस्टर डर्बीमा ६-३ को हार व्यहोर्दा रोनाल्डो मैदान उत्रन पाएनन् ।
तर, रोनाल्डोलाई अनुबन्धका लागि ठुला क्लबले चासो देखाएको छैन ।
युनाईटेडसँग पाँच पटकको बालेन डी'ओर विजेता रोनाल्डोको सम्झौता २०२४ सम्म रहेको छ ।
३७ वर्षीय फरवार्ड गत वर्ष युभेन्ट्सबाट युनाईटेड फर्किएका थिए ।