टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने

पोखरा। छैटौं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ भिड्ने भएका छन्।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको समूह चरणको अन्तिम खेल पाँचौं सेटमा पुगेपछि गण्डकी र पर्वत दुबैले फाइनलमा स्थान बनाएका हुन्।
पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ ले गुमाउन पुग्यो। पुनः तेस्रो सेटमा २५–२२ ले जित निकालेको गण्डकीले चौथो सेट २३–२५ ले पर्वतलाई सुम्पिँदा खेल पाँचौं सेटमा धकेलियो। पाँचौं सेटमा १५–१३ को जित निकाल्दै गण्डकीले २ अंक प्राप्त गर्यो।
पाँचौं सेटमा पराजित पर्वतले एक अंक पायो। गण्डकी ५ खेलबाट ११ अंक र पर्वत १० अंकसहित पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन्। समान १० अंक रहेको नेपाल पुलिस क्लब सेटका आधारमा पर्वतभन्दा पछि रहँदै अंक तालिकाको तेस्रो स्थानमा रह्यो। त्रिभुवन आर्मी क्लब चौथो, एपीएफ पाँचौं र माल्दिभ्स भलिबल एसोसियसन छैटौं भयो।
गण्डकी र पर्वतबिचको फाइनल खेल शनिबार दिउँसो २ बजेबाट सुरु हुनेछ। त्यसभन्दा अघि तेस्रो स्थानका लागि खेल हुनेछ। तेस्रो स्थानका लागि अंक तालिकाको तेस्रो स्थानमा रहेको पुलिस र चौथो स्थानमा रहेको आमी भिड्नेछ। उक्त खेल बिहान ११ बजेबाट सुरु हुनेछ।







-1769690582903.jpeg&w=3840&q=75)


%20(1)-1769779466492.jpeg&w=3840&q=75)
-1769769455928.jpeg&w=3840&q=75)


