साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर २०० र ५००
बिहिबार, १५ माघ २०८२खेलपाटी संवाददाता

हिमालयन मनोज/पोखरा। अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर तोकेको छ।
प्रतियोगिता माघ १७ देखि २४ कास्कीस्थित पोखरा रंगशालामा हुने तय छ। एन्फाका अनुसार साधारण पारापिटतर्फ २०० र भीआइपी पारापिटतर्फ ५०० रुपैयाँ टिकटदर तोकिएको हो।
प्रतियोगितामा नेपाल लगायत भारत, भुटान र बंगलादेशको सहभागिता रहनेछ। सहभागी टोलीको लागि लामाचौर गोस्ते खेलमैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ।
प्रतियोगिताका लागि एन्फाले सम्पूर्ण तयारी पूरा गरेको प्रवक्ता सुरेश शाहले जानकारी दिए।













