आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि
%20(1)-1769779466492.jpeg&w=3840&q=75)
काठमाडौं। त्रिभुवन आर्मी क्लबले २५ औं पुरुष राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार सम्पन्न फाइनलमा एपीएफ क्लबलाई पेनाल्टीमा ६–५ अंकले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो।
निर्धारित समयको खेल ३८–३८ अंकमा सकिएको थियो। त्योसँगै उपाधिको छिनोफानो अतिरिक्त समयमा गरिएको हो। प्राप्त समान ५ मिनेटमा आर्मीले ६ अंक जोड्दा एपीएफले भने ५ अंक मात्र जोड्न सक्यो।
पहिलो हाफमा आर्मीले जम्मा एक अंकको अग्रता लिएको थियो। उक्त हाफ २२–२१ मा टुंगिएको थियो। तर, दोस्रो हाफ भने रोमाञ्चक रह्यो। एक समय ३६–३८ को स्थितिमा रहेको आर्मीले समय सकिन केही अगाडि मात्र आफ्नो रेइडमा दुई अंक जोड्दै खेल ‘टाइ’ गरेको थियो। त्यसपछि खेल पेनाल्टीमा धकेलिएको हो। पेनाल्टीमा पनि एक समय आर्मी र एपीएफ ४–४ को स्थितिमा थिए। तर, आर्मीले लगातार दुई अंक बटुल्दा एपीएफले भने एक अंक मात्र हात पार्न सक्यो।
महिलातर्फ एपीएफकी रविना चौधरी उत्कृष्ट खेलाडी घोषित भइन्। पुरुषतर्फ भने आर्मीका गणेश पार्की उत्कृष्ट खेलाडी घोषित भए।






-1769769455928.jpeg&w=3840&q=75)







-1769690582903.jpeg&w=3840&q=75)
