आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि
शुक्रबार, १६ माघ २०८२खेलपाटी संवाददाता
-1769769455928.jpeg&w=3840&q=75)
काठमाडौं। विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफ क्लबले २१औं महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार सम्पन्न फाइनलमा एपीएफले आर्मीलाई २४–२० को स्कोरमा हरायो।
आर्मीले दुई अंकले पछाडि रहेको अवस्थामा पुनरागमन गर्दै ११–११ को स्थितिमा पहिलो हाफ सकाएको थियो।
तर, दोस्रो हाफमा १५–१३ ले पछि परेको अवस्थामा पुनरागमन गर्दै एपीएफले जित हात पार्न सफल भयो। दोस्रो हाफमा एपीएफले १३ अंक बटुल्यो। तर, आर्मीले भने ९ अंक मात्र थप्न सक्यो।














-1769690582903.jpeg&w=3840&q=75)

