काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज मंगलबार विभिन्न आठ खेलहरु हुँदैछन् ।
समूह चरणको खेल अन्तर्गत मंगलबार राति आठ खेलहरु हुन लागेको हो ।
जर्मन क्लब बायर्न म्युनिखले भिक्टोरिया प्लेजेनसँग खेल्दैछ । खेल राति १०:३० बजे सुरु हुनेछ ।
यसै समयमा मार्से र स्पोर्टिङ लिस्बनबीच खेल हुनेछ ।
त्यस्तै राति १२:४५ बजे विभिन्न ६ खेलहरु हुँदैछन् ।
बार्सिलोनाले इन्टर मिलानसँग खेल्नेछ । लिभरपुलले रेन्जर्ससँग खेल्दा नापोलीले आयाक्ससँग खेल्नेछ ।
टोटेनहमले फ्रान्कफुर्ट तथा एथ्लेटिको मड्रिडले क्लब ब्रुगसँग खेल्नेछ ।
यस्तै लिभरकुसेनले पोर्टोको सामना गर्नेछ ।