काठमाडौं। लगातार दोस्रो जित निकाल्दै चर्च ब्वाइज युनाइटेड एन्फा महिला लिग छनोटको समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा चर्च ब्वाइज युनाइटेडले आरबी रिसोर्ट एन्ड बिच फुटबललाई १–० ले पराजित गरेको हो।
योसँगै चर्च ब्वाइजले २ खेलबाट ६ अंक पुर्याएको छ। चर्च ब्वाइजको जितमा सुजता पालुङग्वाले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ७६औं मिनेटमा गोल गरेका हुन्।