अमेरिकालाई विश्वकपको उपाधि
शनिबार, असोज १५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । एफआईबीए महिला विश्वकप बास्केटबलको उपाधि अमेरिकाले जितेको छ ।
अष्ट्रेलियाको सिड्नीमा शनिबार भएको फाइनलमा चीनलाई ८३-६१ ले हराउँदै अमेरिकाले उपाधि जितेको हो ।
अमेरिकाले कीर्तिमानी ११ औं पटक महिला विश्वकप बास्केटबलको उपाधि जितेको हो ।
यस्तै अमेरिकाले लगातार चौंथो पटक महिला विश्वकप बास्केटबलको उपाधि जितेको हो ।
यस्तै अष्ट्रेलियाले तेस्रो स्थान हासिल गरेको छ ।
अष्ट्रेलियाले क्यानडालाई ९५-६५ ले हराएको थियो।

अमेरिकालाई विश्वकपको उपाधि













-1761130437587.jpg&w=3840&q=75)
