आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

एकपटक मात्र विश्वकप खेल्ने तीन राष्ट्र

सोमबार, १० आश्विन २०७९खेलपाटी संवाददाता
एकपटक मात्र विश्वकप खेल्ने तीन राष्ट्र
mustang rice ad

काठमाडौं । अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप आगामी १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ ।

अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुने विश्वकपमा सहभागी हुने सबै १६ टोलीको टुंगो लागिसकेको छ ।

कुनै खेलाडी र राष्ट्रका लागि सबैभन्दा ठुलो प्रतियोगिता विश्वकप खेल्ने सपना हुन्छ । तर, विश्वकप खेल्ने सबैको सपना पूरा नहुन सक्छ ।

हालसम्म २१ देशले मात्र टी-ट्वान्टी विश्वकप खेल्ने अवसर पाएका छन् ।

यस्तोमा हामी हालसम्म टी-ट्वान्टी विश्वकपमा एकपटक मात्र छनोट हुने तीन देशको चर्चा गर्दैछौं ।

१. केन्या

 देशमा राजीतिक अस्थिरता र एकैपटक धेरै खेलाडीले संन्यास लिएका कारण केन्याको क्रिकेटमा ठूलो असर पर्‍यो । जसले गर्दा हाल उसले विश्व क्रिकेटमा खासै नाम कमाउन सकेको छैन ।

अहिलेसम्म केन्याले एकपटक मात्र टी-ट्वान्टी विश्वकप खेलेको छ । उसले पहिलो संस्करणको विश्वकपमा भाग लिन सफल भएको थियो । सन् २००७ मा भएको सो विश्वकपको पहिलो चरणमा केन्याले दुई खेल खेलेको थियो । ऊ दुवै खेलमा पराजित हुँदै पहिलो चरणबाटै बाहिरियो ।

२. नेपाल

नेपालले सन् २०१४ को टी-ट्वान्टी विश्वकप खेलेको थियो । बंगलादेशमा भएको सो विश्वकपको पहिलो चरणमा नेपालले तीन खेल खेल्यो । जसमा नेपालले राम्रो प्रदर्शन गर्‍यो । तीनमध्ये दुई खेलमा जित निकालेको नेपाल नेट रनरेटका कारण दोस्रो चरणमा स्थान बनाउन सकेको थिएन ।

अफगानिस्तान र हङकङलाई हराएको नेपाल बंगलादेशसँग पराजित भएको थियो । डेब्यू विश्वकपमै राम्रो प्रभाव छाडे पनि त्यसयता नेपालले छनोट पार गर्न सकेको छैन ।

३. पपुवा न्यूगिनी (पीएनजी)

पीएनजीले पनि अहिलेसम्म एकपटक मात्र टी-ट्वान्टी विश्वकप खेल्न पाएको छ । उसले गत संस्करणको विश्वकप खेलेको थियो । पीएनजीले आफ्नो डेब्यू विश्वकपमा सन्तोषजनक प्रदर्शन गर्न सकेन । ऊ पहिलो चरणमा तीन खेलमै पराजय बेहोर्दै घर फर्किएको थियो ।

 यूएई र नामिबिया दोस्रोपटक विश्वकप खेल्दै छन् ।

यूएई छनोटमा नेपाललाई हराउँदै दोस्रोपटक विश्वकपमा पुगेको हो । नामिबियाले गत संस्करणमा राम्रो प्रदर्शन गरेकाले निरन्तरता पायो । नामिबियाले २०२१ को संस्करणमा विश्वकपमा डेब्यू गर्‍यो । उसले डेब्यू संस्करणमै दोस्रो चरण खेल्न सफल भयो । यूएई भने हालसम्म विश्वकपको दोस्रो चरणमा प्रवेश गर्न सकेको छैन ।  

LiNing Ad
एकपटक मात्र विश्वकप खेल्ने तीन राष्ट्र

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

Bajaj Pulsar Motorcycle Ad
दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन