• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
टी-ट्वान्टी विश्वकप : १६ टोलीको नालीबेली
खेलपाटी संवाददाता
शुक्रबार, असोज ७, २०७९ खेलपाटी संवाददाता
टी-ट्वान्टी विश्वकप : १६ टोलीको नालीबेली

काठमाडौं । अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप आगामी १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ ।

अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुने विश्वकपमा सहभागी सबै १६ टोलीले विश्वकप खेल्ने टिमको घोषणा गरिसकेका छन् ।

विश्वकप खेल्ने १६ टोलीको टिम कस्तो छ ? विश्वकप खेल्ने टोलीमा कस्ता खेलाडी अटाएका छन् ? सम्पूर्ण जानकारी तल दिईएको छ ।

पहिलो राउण्ड - समूह 'ए'

नामिबिया -

अघिल्लो संस्करणको टी-ट्वान्टीमा विश्वकपमा पहिलो पटक सहभागीता जनाउदै समूह चरण पार गरेर सुपर १२ मा स्थान बनाउन सफल टोली हो नामिबिया ।

यस टोलीमा युवा र अनुभवको मिश्रण देख्न सकिन्छ। नामिबियाले सन् २०२१ को संस्करणका धेरै प्रभावशाली प्रदर्शन गरेको छ । नामिबियाले अष्ट्रेलियामा युएईमा गत संस्करणमा रहेको आफ्नो प्रदर्शन दोहोर्याउने आशा रहेको छ ।

नामिबियाको टोली :

गेरहार्ड इरास्मस (कप्तान), जेजे स्मिट, दिवान ला कक, स्टेफन बार्ड, निकोल लोफ्टी ईटन, जान फ्राइलिंक, डेभिड विसे, रुबेन ट्रम्पेलम्यान, जेन ग्रीन, बर्नार्ड स्कोल्ट्ज, टांगेनी, लुंगामेनी, माइकल भान लिंगेन, बेन शिकोंगो, कार्ल बिर्केनस्टक, लोहान लुवरेन्स, हेलाओ या फ्रान्स।

नेदरल्यान्ड्स -

सन् २००९ मा विश्वकपमा पहिलो पटक सहभागीता जनाएको नेदरल्यान्ड्सले पाँचौ पटक यस विश्वकपमा सहभागीता जनाउदैछ ।

अघिल्लो संस्करणमा नेदरल्यान्ड्सले पहिलो चरण पार गर्न सकेको थिएन ।

नेदरल्यान्ड्स टिम :

स्कट एडवर्ड्स (कप्तान), कोलिन एकरम्यान, शारिज अहमद, लोगान भान बीक, टम कूपर, ब्रान्डन ग्लोभर, टिम भान डेर गुग्टेन, फ्रेड क्लासेन, बास डे लिड, पल भान मिकेरेन, रोलोफ भान डेर मर्वे, स्टेफन माइबर्ग, तेजा निदामानुरु, म्याक्स ओुडाउड, टिम प्रिङ्गल र विक्रम सिंह ।

श्रीलंका -

अघिल्लो संस्करणमा सुपर १२ को यात्रा गरे पनि खास सम्झनयोग्य प्रदर्शन गर्न नसकेको टोली हो श्रीलंका । तर, भर्खरै सकिएको एसिया कपमा लयमा रहेर च्याम्पियन बन्न सफल श्रीलंकाको उस विश्वकपमा समेत राम्रो प्रदर्शनको अपेक्षा राखिएको छ ।

एसिया कप २०२२ का अधिकांश खेलाडी टी–ट्वान्टी विश्वकप टोलीमा छन् । एसिया कपमा डेब्यु गरेका माथिशा पाथिराना, नुवान तुषारा र असिथा फर्नान्डो भने बाहिरिएका छन् ।

श्रीलंकाको टिम :

दासुन शनका (कप्तान), दानुष्का गुनाथिलका, पाथुम निसानका, कुशल मेन्डिस, चरित असालंका, भानुका राजपक्षे, धनञ्जय डी सिल्भा, वानिन्दु हसरंगा, महेश थेक्षाना, जेफरी भान्डरसे, चमिका करुणारत्ने, दुष्मंथा चमीरा (फिटनेसको अधीनमा), लाहिरु कुमारा (फिटनेसको अधीनमा), दिलशान मदुशङ्का, प्रमोद मदुशान ।

स्टेन्डबाई खेलाडी - आशेन बंडारा, प्रवीण जयविक्रमा, दिनेश चण्डीमल, बिनुरा फर्नान्डो, नुवानीडु फर्नान्डो।

यूएई-

२०१४ को टी-ट्वान्टी विश्वकपमा पहिलो पटक सहभागिता जनाएको यूएईको यो दोस्रो सहभागीता हो ।

यूएईको टिम :

सी पी रिजवान (कप्तान), वृत्य अरविन्द, चिराग सुरी, मोहम्मद वसीम, बासिल हमीद, आर्यन लाकड़ा, जवार फरीद, काशिफ दाउद, कार्तिक मयप्पन, अहमद रजा, जहूर खान, जुनैद सिद्दीकी, साबिर अली, अलिशान शराफू, आयन खान ।

स्टेन्डबाई खेलाडी -  सुल्तान अहमद, फहद नवाज, विष्णु सुकुमारन, आदित्य शेट्टी, संचित शर्मा

पहिलो राउण्ड समूह 'बी'

आयरल्याण्ड -

२००७ को पहिलो संस्करणको टी-ट्वान्टी विश्वकप बाहेकको हरेक संस्करणमा सहभागीता जनाउदै आएको छ आयरल्याण्ड ।

आयरल्याण्डको टोली :

एन्ड्रयू बालबर्नी (कप्तान), मार्क एडेयर, कर्टिस क्याम्पर, ग्यारेथ डेलानी, जर्ज डकरेल, स्टिफन डोहेनी, फियोन ह्यान्ड, जोश लिटल, ब्यारी म्याकार्थी, कोनोर ओल्फर्ट, सिमी सिंह, पल स्टर्लिङ, ह्यारी टेक्टर, लोर्कन टकर र क्रेग योङ

वेस्ट इण्डिज -

दुई पटकको च्याम्पियन वेस्ट इण्डिज गत संस्करणमा गरेको बिर्सनलायक प्रदर्शनका कारण पहिलो राउण्ड खेल्दैछ । टोलीमा यानिक क्यारिया र रेमन रिफर गरी दुई अनक्याप्ड खेलाडी पनि मौका पाएका छन् ।

वेस्ट इण्डिज टोली :

निकोलस पुरन (कप्तान), रोभम्यान पावेल, यानिक क्यारिया, जोनसन चार्ल्स, शेल्डन कोटरेल, शिमरोन हेटमायर, जेसन होल्डर, अकिल होसेन, अल्जारी जोसेफ, ब्रान्डन किङ, इभिन लुइस, काइल मेयर्स, ओबेद म्याककोय, रेमन रिफर र ओडेन स्मिथ

जिम्बाबे -

गत संस्करण आईसीसी प्रतिबन्धका कारण विश्वकप गुमाएको जिम्बाबेले  हालसम्मको सहभागीतामा पहिलो राउण्ड पार गर्न सकेको छैन ।

जिम्बाबेको टिम :

क्रेग इरविन (कप्तान), रायन बर्ल, रेजिस चाकाब्वा, टेन्डाई चतारा, ब्राडली इभान्स, ल्यूक जोङवे, क्लाइभ मदान्डे, वेस्ली मधवेरे, वेलिंगटन मासाकाद्जा, टोनी मुन्योगा, ब्लेसिंग मुजारबानी, रिचर्ड नगारावा, सिकन्दर रजा, मिल्टन शुम्बा र सिन विलियम्स।

स्टेन्डबाई खेलाडी -  तनाका चिवांगा, इनोसेंट काया, केविन कासुजा, तादिवानाशे मारुमानी, विक्टर न्याउची

स्कटल्याण्ड-

गत संस्करणको विश्वकपमा पहिलो पटक सुपर १२ मा पुग्न सफल भएको मुलुक हो स्कटल्याण्ड । अनुभवी तीव्र गतिका बलर अली इभान्स र गेभिन मेन अन्तिम १५ बाट बाहिरिएका छन् ।

स्कटल्याण्ड टिम :

रिचर्ड बेरिङगटन (कप्तान), जर्ज मुन्से, माइकल लेस्क, ब्राडली व्हील, क्रिस सोले, क्रिस ग्रीव्स, सफियान शरीफ, जोश डेवी, मेथ्यु क्रस, कैलम मैकलियोड, हम्जा ताहिर, मार्क वाट, ब्रैंडन मैकमुलेन, माइकल जोन्स, क्रेग वालेस

सुपर -१२ समूह 'ए'

अष्ट्रेलिया -

अष्ट्रेलिया घरेलु भुमीमा आयोजना हुने यस विश्वकपका लागि घोषित पहिलो टिम रहेको थियो । अष्ट्रेलिया यस विश्वकपको साबिकको च्याम्पियन समेत हो । गत वर्ष यूएईमा आयोजना भएको सातौं संस्करणमा न्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलिया पहिलो पटक च्याम्पियन बनेको थियो ।

घरेलु भुमिमा आयोजना हुने आठौं संस्करणका लागि घोषित टोलीका कप्तान आरोन फिन्च रहेका छन् । अस्ट्रेलियाले अलराउण्डर टिम डेभिडलाई पहिलो पटक विश्वकप टिममा मौका दिएको छ । डेभिडले केही समय सिंगापुरबाट अन्तराष्ट्रिय क्रिकेट खेलेका थिए । केही दिन अघि मात्र अस्ट्रेलियाका लागि अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।

अष्ट्रेलिया टिम :

आरोन फिन्च (कप्तान), एस्टन अगर, प्याट कमिन्स, टिम डेभिड, जोश हेजलवुड, जोश इंगलिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, केन रिचर्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यु वेड, डेभिड वार्नर र एडम जाम्पा

इंग्ल्यान्ड -

२०२१ को संस्करणमा सेमिफाईनलसम्मको यात्रा गरेको टोली इंग्ल्यान्डले जोस बटलरको कप्तानीमा विश्वकपका लागि आफ्नो टोली सार्वजनिक गर्यो । बटलरले पहिलो पटक विश्वकपमा टोलीको कप्तानी गरिरहेका छन् ।

घोषित इंग्ल्यान्ड टोलीमा अनुभबी ओपनर जेसन रोयलाई टोलीमा समेटिएको छैन । इंग्ल्यान्ड टोली घोषणा भएकै दिन घाईते भएका कारण विकेटकिपर ब्याट्सम्यान जोनी बेयस्ट्रो विश्वकप टिममा नरहेको जानकारी बाहिर आयो । यसले एकप्रकार इंग्लिस फ्यानलाई तनाव थपिदियो । इंग्ल्याण्ड टिममा जोनीको स्थानमा केही दिन पछि ओपनर एलेक्स हेल्सको नाम टिममा राखियो ।

इंग्ल्यान्ड टिम :

जोस बटलर (कप्तान), मोइन अली, हैरी ब्रुक, सैम कुरेन, क्रिस जोर्डन, लियाम लिविंगस्टोन, डेविड मलान, आदिल राशिद, फिल साल्ट, बेन स्टोक्स, रीस टोप्ले, डेविड विली, क्रिस वोक्स, मार्क वुड, एलेक्स हेल्स। बैकल्पिक खेलाडीः लियाम डॉसन, रिचर्ड ग्लीसन, टाइमल मिल्स

अफगानिस्तान-

विश्व क्रिकेटको उदाउँदो शक्तिका रुपमा रहेको अफगानस्तानले अघिल्लो संस्करणमा राम्रो प्रदर्शनका बाबजुत सुपर १२ मा नै आफ्नो यात्रा टुङ्गाएको थियो ।

भर्खरै सकिएको एसिया कप प्रतियोगिता खेल्ने टोलीबाट समिउल्लाह शिनवारी, हशमतुल्लाह शाहिदी, करिम जनत, नूर अहमद र अफसर जजाईले टोलीबाट बाहिरिएका छन् ।

टी–ट्वान्टी विश्वकपका लागि अफगानिस्तानको १५ सदस्यीय टोलीमा अनक्याप्ड तीव्र गतिका बलर मोहम्मद सलीमले स्थान बनाएका छन् ।

अफगानिस्तान टोली :

मोहम्मद नबी (कप्तान), नजीबुल्लाह जादरान, रहमानुल्लाह गुरबाज, अजमतुल्लाह उमरजई, दरविश रसूली, फरीद अहमद मलिक, फजल हक फारूकी, हजरतुल्लाह जजई, इब्राहिम जादरान, मुजीब योर रहमान, नवीन उल हक, कैस अहमद, राशिद खान, सलीम साफी, उस्मान गनी।

स्टेन्डबाई खेलाडी -  अफसर जजई, शराफुद्दीन अशरफ, रहमत शाह, गुलबदीन नैब

न्युजिल्याण्ड-

साबिकको उपविजेता न्युजिल्याण्डले यस विश्वकपको हरेक संस्करणमा सहभागीता जनाएको छ ।

न्युजिल्यान्डका कप्तान केन विलियम्सनले तेस्रो पटक टी–ट्वान्टी विश्वकपको कप्तानी सम्हाल्ने भएका छन् । न्युजिल्यान्डसँग ट्रेन्ट बोल्ट, लकिफर्गुसन, टिम साउथी र एडम मिल्नेको बलियो तीव्र गतिको आक्रमण छ । इश सोधीले स्पिन आक्रमणको नेतृत्व गर्नेछन् भने ब्रेसवेल र मिचेल सान्टनरले उनलाई साथ दिनेछन् ।

न्युजिल्याण्ड टिम :

केन विलियम्सन (कप्तान), टिम साउदी, इश सोधी, मिचेल स्यान्टनर, ग्लेन फिलिप्स, जिमी निशाम, डेरिल मिचेल, एडम मिल्ने, मार्टिन गुप्टिल, लाचलान फर्गुसन, डेभोन कोन्वे, मार्क च्यापम्यान, माइकल ब्रेसवेल, ट्रेन्ट बोल्ट र फिन एलेन

समूह 'बी'

भारत -

हालको टी-ट्वान्टी अन्तराष्ट्रियको  वरीयतामा शीर्ष स्थानमा रहेको टोली हो भारत । भारतले रोहित शर्माको कप्तानीमा विश्वकपको लागि टोली घोषणा गर्यो । शर्माले कीर्तिमानी आठौं पटक विश्वकपमा स्थान बनाएका भएपनि विश्वकपमा पहिलो पटक कप्तानी भुमिकामा रहने छन् ।

भारतका लागि यस समयका उत्कृष्ट अलराउन्डर रविन्द्र जडेजाले यो विश्वकप गुमाउने छन् ।  

भारतीय टोली :

रोहित शर्मा (कप्तान), केएल राहुल, विराट कोहली, सूर्यकुमार यादव, दीपक हुड्डा, ऋषभ पन्त, दिनेश कार्तिक, हार्दिक पाण्ड्या, आर अश्विन, युजवेन्द्र चहल, अक्षर पटेल, जसप्रित बुमराह, भुवनेश्वर कुमार, हर्षल पटेल र अर्शदीप सिंह ।

स्टेन्डबाई खेलाडी - मोहम्मद शमी, श्रेयस अय्यर, रवि बिश्नोई, दीपक चाहर

पाकिस्तान-

पाकिस्तान अघिल्लो सातौ संस्करणमा च्याम्पियन टोली अष्ट्रेलियासँग सेमिफाईनलमा पराजित भएको टोली हो । घुँडामा चोट लागेपछि एसिया कप गुमाएका शाहिन शाह अफ्रिदी यस विश्वकप खेल्ने टोलीमा रहेका छन् । चोटका कारण मेडिकल टिमले ४–६ हप्ता आराम गर्न सल्लाह दिएकाले उनले एसिया कप खेल्न पाएका थिएनन् । गत जुलाईमा श्रीलंकामा घरेलु टोलीविरुद्धको पहिलो टेस्टमा फिल्डिङ गर्ने क्रममा उनी घाइते भएका थिए ।

घुँडाको चोटका कारण फखर जमानलाई वैकल्पिक सुचीमा राखिएको छ । सन् २०२२ मा खराब प्रदर्शन गरे पनि फखर जमानको स्थानमा हैदर अली लाई टोलीमा समावेश गरिएको छ । बायाँ हाते ब्याट्सम्यानले यस वर्ष सात टी-ट्वान्टी आई खेलेका छन्, जसमा उनले १३.७१ को औसतमा ९६ रन बनाएका छन्।

पाकिस्तानको टोली :

बाबर आजम (कप्तान), शादाब खान, आसिफ अली, हैदर अली, हारिस राउफ, इफ्तिखार अहमद, खुशदिल शाह, मोहम्मद हसनैन, मोहम्मद नवाज, मोहम्मद रिजवान, मोहम्मद वासिम, नसीम शाह, शाहीन शाह अफरीदी, शान मसूद, उस्मान कादिर।

स्टेन्डबाई खेलाडी - फखर जमान, मोहम्मद हारिस, शाहनवाज दहनी।

दक्षिण अफ्रिका -

गत संस्करणमा राम्रो खेलका बाबजुत सुपर १२ पार गर्न नसकेको टोली हो दक्षिण अफ्रिका ।

इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टका क्रममा औंलामा लागेको चोटका कारण रासी भान डार डुसेन टोलीमा रहेका छैनन् । चोटको शल्यक्रिया हुनेछ । ३३ वर्षीय उनी कम्तीमा ६ हप्ता मैदानबाहिर रहनेछन् ।

जुलाईमा ६ वर्षको अन्तरालपछि दक्षिण अफ्रिकाको टी–ट्रवान्टी मा पुनरागमन गरेका रिली रोसोले पनि टोलीमा स्थान बनाएका छन् ।

दक्षिण अफ्रिकाको टोली :

टेम्बा बावुमा (कप्तान), क्विंटन डी कॉक, हेनरिक क्लासेन, रीजा हेंड्रिक्स, केशव महाराज, एडेन मार्कराम, डेविड मिलर, लुंगी एनगिडी, एनरिच नोर्टजे, वेन पार्नेल, ड्वेन प्रिटोरियस, कागिसो रबाडा, रिली रोसो, तबरेज शम्सी, ट्रिस्टन स्टब्स।

वैकल्पिक खेलाडी : ब्योर्न फोर्टुइन, मार्को जेनसन और एंडिले फेहलुकवायो।

बंगलादेश -

बंगलादेश अघिल्लो संस्करणमा सुपर १२ मा १ जित पनि हात नपारी बाहिरिएको टोली हो ।

सन् २०२२ मा हुने टी-ट्वान्टी विश्वकपका लागि बंगलादेशका पूर्वकप्तान महमुद उल्लाहलाई टोलीबाट हटाइएको छ । एसिया कपमा जित हात पार्न नसकेपछि बंगलादेशले टोलीमा परिवर्तन गरेको हो ।

बंगलादेशले लिटन दास, यासिर अली, नुरुल हसन, हसन महमुद र नजमुल हुसेन शान्तोलाई फिर्ता बोलाएको छ । जिम्बाब्वे भ्रमणका क्रममा ह्यामस्ट्रिङमा चोट लागेका दास एसिया कपमा सहभागी भएनन् । उनी पूर्ण रूपमा निको भएका छन् । नुरुल पनि छन् जसले औंलाको चोटबाट गुज्रनु परेको थियो।

बंगलादेश टोली :

शकिब अल हसन (कप्तान), सब्बीर रहमान, मेहदी हसन मिराज, आफिफ हुसैन, मोसादेक हुसैन, लिटन दास, यासिर अली, नुरुल हसन, मुस्ताफिजुर रहमान, सैफुद्दीन, तस्किन अहमद, एबादोत हुसैन, हसन महमूद, नजमुल हुसैन, नासुम अहमद

स्टेन्डबाई खेलाडी -  सौम्य सरकार, शोरिफुल इस्लाम, रिशद हुसैन, शक मेहदी हसन

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल रोक्न मेरो संलग्नता छैन : खेलकुदमन्त्री
एनपीएल रोक्न मेरो संलग्नता छैन : खेलकुदमन्त्री
यु–१६ टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने घोषणा
यु–१६ टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने घोषणा
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP