शकिबले यूएईविरुद्धको टी-ट्वान्टी गुमाउने
काठमाडौं । बंगलादेशले घरेलु टोली यूएईविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि टिम घोषणा गरेको छ।
नुरुल हसनको कप्तानीमा बंगलादेशले १७ सदस्सीय टोलीको घोषणा गरेको हो ।
क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा व्यस्त रहेका कारण शकिब अल हसनले १७ सदस्सीय टोलीमा स्थान बनाउन नसकेका हुन् । शकिबको अनुपस्थितिमा नुरुल हसनले टोलीको नेतृत्व गर्नेछन् ।
टोलीमा मुख्यत अक्टोबरमा हुने टी–ट्वान्टी विश्वकपका लागि टोलीमा समावेश गरिएका खेलाडीहरू रहेका छन् । तर, यस सिरिजमा अस्ट्रेलिया विश्वकपका लागि स्ट्यान्डबाईमा रहेका चारमध्ये तीन खेलाडीलाई समावेश गरेको छ ।
लेग स्पिनर रिशाद हुसेनले पहिलो पटक सिनियर टोलीमा स्थान बनाएका छन् । सन् २०२१ को नोभेम्बरमा अन्तिम पटक टी–ट्वान्टी खेलेका सौम्य सरकारलाई पनि टोलीमा फिर्ता बोलाइएको छ । १७ सदस्सीय टोलीमा बायाँ हाते तीव्र गतिका बलर शोरिफुल इस्लामलाई पनि समावेश गरिएको छ ।
बंगलादेशले युएईसँग दुई खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ । यी दुई खेल सेप्टेम्बर २५ र २७ मा हुनेछन् ।
बंगलादेश टिम :
नुरुल हसन (कप्तान), सब्बीर रहमान, मेहदी हसन मिराज, आफिफ हुसैन, मोसादेक हुसैन, लिटन दास, यासिर अली, मुस्ताफिजुर रहमान, मोहम्मद सैफुद्दीन, तस्किन अहमद, एबादोत हुसैन, हसन महमूद, नजमुल हुसैन शांतो, नासुम अहमद, शोरीफुल इस्लाम, सौम्य सरकार, रिशाद हुसैन।













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)