बालवाटिकालाई उपाधि

काठमाडौं । गोकर्णेश्वर नगर खेलकुद बिकास समितिको आयोजना तथा शंखडोल कराते एकेडेमीको संयोजकत्वमा दोश्रो गोकर्णेश्वर रनिङ शिल्ड कराते प्रतियोगिताको उपाधि बालबाटिका डोजोले जितेको छ ।
बालबाटिकाले ६ स्वर्ण ५ रजत र ४ कास्य जित्यो भने दोस्रो भएको सरस्वती डोजोले ५ स्वर्ण ५ रजत र १५ कास्य पदक जित्न सफल भयो,तेस्रो स्थान हासिले गरेको शंखडोल डोजोले ४ स्वर्ण ८ रजत र ५ कास्य पदक जित्न सफल भयो।
पुरुषतर्फ शंखडोल डोजोका राज कुमार राई र महिलातर्फ सरस्वती डोजोकी प्रश्ना केसी उत्कृष्ट खेलाडी चुनिए।
बिजयी खेलाडीहरुलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल,उप प्रमुख सान्नानी लामा,गोकर्णेश्वर नगर खेलकुद बिकास समितिका अध्यक्ष संजय लामा, युबा तथा खेलकुद उपशाखा प्रमुख रामनारायण शाह, सदस्य दिनेश राई, शंखडोल कराते एकेडेमीका प्रमुख प्रशिक्षक शिव कारान्जित लगाएतले मेडल तथा प्रमाण पत्र बितरण गरेका थिए ।
गोकर्णेश्वर नगरपालिका भित्रका ३५० खेलाडीको सहभागिता रहेको प्रतियोगितामा क्रमश प्रथम,द्वितीय र तृतीय हुने टिमलाई नगद पुरस्कार रु पन्ध्र हजार,१० हजार र ५ हजार प्रदान गरिएको थियो ।






-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)








