भारतसँग खेल्ने अष्ट्रेलियाको टिम घोषणा
बिहिबार, भदौ ३०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । अष्ट्रेलियाले घरेलु टोली भारतविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि टिम घोषणा गरेको छ।
अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
अष्ट्रेलियाले घोषणा गरेको टिमबाट मिचेल स्टार्क, मिचेल मार्श र मार्कस स्टोनिस चोटका कारण बाहिरिएका छन् ।
भारत र अष्ट्रेलियाबीचको ३ खेलको टी-ट्वान्टी सिरिज २० सेप्टेम्बरबाट सुरु हुँदैछ ।
सिरिजको दोस्रो खेल २३ सेप्टेम्बरमा रहेको छ । सिरिजको तेस्रो तथा अन्तिम खेल २५ सेप्टेम्बरमा रहेको छ ।

भारतसँग खेल्ने अष्ट्रेलियाको टिम घोषणा












-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)