कुशलको ब्याटिङ वरीयता सुधार
बुधबार, भदौ २९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान कुशल भुर्तेलको आईसीसी ब्याटिङ वरीयतामा सुधार भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा कुशलको वरीयता एक स्थान सुधार भएको हो ।
नयाँ वरीयतामा कुशल ५२ औं स्थानमा रहेका हुन् ।
ब्याटिङतर्फ नै दीपेन्द्र सिंह ऐरी १ स्थान तल झरेर ५९ औं स्थानमा पुगेका छन् ।
बलिङतर्फ सन्दीप लामिछाने १ स्थान सुधार हुदैं ६१ औं स्थानमा उक्लिएका छन् ।
दीपेन्द्र अलराउण्डर वरीयताको १० औं स्थानमा रहेका छन् । उनको वरीयता एक स्थान घटेको हो ।
ब्याटिङतर्फ पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा यथावत रहेका छन् ।
बलिङमा जोस हाजलउड शीर्ष स्थानमा रहदा अलराउण्डरमा शकिब अल हसन शीर्ष स्थानमा छन् ।
कुशलको ब्याटिङ वरीयता सुधार












-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)