नेपाल टी-ट्वान्टी लिग सर्न सक्ने

काठमाडौं । नेपाल टी-ट्वान्टी लिगको पहिलो संस्करण तोकिएको समयमा नहुने सम्भावना बढेको छ ।
पहिलो संस्करणको नेपाल टी-ट्वान्टी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने तालिका छ ।
तर, नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो संस्करणको मिति सार्ने आन्तरिक तयारी थालेको छ ।
विदेशी खेलाडीको श्रम स्वीकृति लगायतका विविध काममा ढिलाई हुँदा प्रतियोगिताको मिति सार्ने तयारी भएको हो ।
नेपाल टी-ट्वान्टीका गर्भनिङ काउन्सिलका सदस्य दुर्गाराज पाठकले लिगको मिति परिर्वतनका बारेमा कुनै औपचारिक निर्णय भईनसकेको बताए ।
'खेलाडीको ड्राफ्ट प्रकृया भरखरै सकिएको छ । खेलाडीहरुको बैंक खाता मिलाउन तथा विदेशी खेलाडीको श्रम स्विकृतीका केही समय लाग्न सक्ने अनुमान गरिएको हो ।' पाठकले खेलपाटीसँग भने 'लिगको समय सार्न आईसीसीको समेत सहमती चाहिने भएकोले यो चाडै नै हुने काम हैन ।'
प्रतियोगिताका लागि शनिबार र आईतबार खेलाडी ड्राफ्ट भएको थियो । जसबाट सहभागी ६ टोलीले खेलाडी अनुबन्ध गरिसकेका छन् ।
पहिलो संस्करणमा काठमाडौं कान्तिपुर,लुम्बिनी अल स्टार्स ,विराटनगर सुपर किङ्स,जनकपुर रोयल्स,पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले खेल्ने छन् ।












-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)