विश्वकपका लागि अष्ट्रेलियाको जर्सी सार्वजनिक
बुधबार, २९ भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । साविक विजेता अष्ट्रेलियाले घरेलु भूमिमा आयोजना हुने टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि जर्सी सार्वजनिक गरेको छ ।
अष्ट्रेलियाले बुधबार विश्वकपका लागि जर्सी सार्वजनिक गरेको हो ।
टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।
अष्ट्रेलियाले अघिल्लो संस्करणमा न्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।
अष्ट्रेलियाले घरेलु मैदानमा न्युजिल्याण्डविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्ने छ ।
अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा विश्वकप खेल्ने १५ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।
अष्ट्रेलियाले घोषणा गरेको टोलीमा ब्याट्सम्यान टिम डेभिडले पहिलो पटक स्थान बनाएका छन् ।
डेभिडले सिंगापुरबाट समेत अन्तराष्ट्रिय क्रिकेट खेलेका थिए ।
विश्वकपका लागि अष्ट्रेलियाको जर्सी सार्वजनिक







-1766479491057.jpeg&w=3840&q=75)


-1766583817323.jpg&w=3840&q=75)





-1766541370309.webp&w=3840&q=75)