रुबिना र सीताको वरीयता यथावत
मंगलबार, २८ भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्रीको आईसीसी बलिङ र ब्याटिङतर्फको वरीयता यथावत रहेको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अपडेट गरेको नयाँ वरीयतामा रुबिना बलिङतर्फ ९० औं र ब्याटिङतर्फ ९४ औं स्थानमा यथावत रहेकी छिन् ।
नेपालका पूर्व उपकप्तान सीता राना मगर समेत बलिङ र ब्याटिङको वरीयतामा यथावत रहेकी छिन् । बलिङमा ८९ औं र ब्याटिङतर्फ उनी ६४ औं स्थानमा कायम रहेकी छिन् ।
बलिङतर्फ नै कविता कुवँर ७८ औं स्थानमा यथावत रहेकी छिन् ।
रुबिना र सीताको वरीयता यथावत






-1770548725823.jpeg&w=3840&q=75)




-1770487281088.png&w=3840&q=75)

