युएस ओपन : उपाधिका लागि कार्लोस र कास्पर भिड्ने
शनिबार, भदौ २५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । युएस ओपन टेनिसको पुरुषतर्फको उपाधिका लागि स्पेनका कार्लोस अल्काराज र नर्वेका कास्पर रुड भिड्ने भएका छन् ।
न्युयोर्कमा शनिबार भएको दोस्रो सेमिफाइनलमा कार्लोसले अमेरिकी खेलाडी फ्रान्सेस तियाफोईलाई पराजित गर्दै रुडसँगको भेट पक्का गरे ।
कार्लोसले फ्रान्सेसमाथि ६-७(६-८),६-३,६-१,६-७(५-७) र ६-३ ले पराजित गरे ।
त्यसअघि रुडले करेन खाचानोभलाई ७-६(७-५),६-२,५-७ र ६-२ ले हराएका थिए ।
महिलातर्फको उपाधिका लागि इगा स्वेटेक र ओन्स जाबेउरबीच प्रतिस्पर्धा हुनेछ ।
स्वेटेकले अर्याना साबलेन्कालाई ३-६,६-१ र ६-४ ले पराजित गरिन् ।
ओन्सले कारोलिन गार्सियालाई ६-१ र ६-३ ले पराजित गरिन् ।
युएस ओपन : उपाधिका लागि कार्लोस र कास्पर भिड्ने






1686853912-1760864621059.avif&w=3840&q=75)


%20(2)-1761961917188.png&w=3840&q=75)




%20(1)-1761905198112.png&w=3840&q=75)

