राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते भोलिदेखि
बिहिबार, भदौ २३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाल आईएफकेके संघको आयोजनामा चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष÷महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष घनश्याम श्रेष्ठले जनाएका छन् । पुरुषमा ४ तथा महिलामा ३ गरी ७ स्पर्धामा प्रतिस्पर्धा हुने ब्रान्च चिफ प्रेम लामाले जानकारी गराए ।
कुल पुरस्कार राशी १ लाख ७५ हजार रुपैयाँ रहेको छ । प्रत्येक स्पर्धामा शीर्ष चार स्थान हात पार्नेले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।
राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते भोलिदेखि






-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)








