नाडाल चौंथो चरणमा
आइतबार, भदौ १९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडालले युएस ओपन टेनिसको चौंथो चरणमा स्थान बनाएका छन् ।
न्युयोर्कमा आइतबार भएको तेस्रो चरणमा रिचार्ड गास्क्वेटलाई हराउँदै नाडालले चौंथो चरणको यात्रा तय गरेका हुन् ।
विश्व वरीयताको तेस्रो स्थानमा रहेका नाडालले फ्रान्सका रिचार्डमाथि ६-०, ६-१ र ७-५ को सेटमा जित निकाले ।
अब नाडालले अमेरिकाका फ्रान्सेस तियाफोईसँग खेल्ने छन् ।
कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले ४ पटक युएस ओपनको उपाधि जितेका छन् ।
३६ वर्षीय नाडालले पछिल्लो पटक २०१९ मा युएस ओपन जितेका थिए ।
नाडाल चौंथो चरणमा






1686853912-1760864621059.avif&w=3840&q=75)


%20(2)-1761961917188.png&w=3840&q=75)




%20(1)-1761905198112.png&w=3840&q=75)

