नाडाल तेस्रो चरणमा
शुक्रबार, भदौ १७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडालले युएस ओपन टेनिसको तेस्रो चरणमा स्थान बनाएका छन् ।
न्युयोर्कमा शुक्रबार भएको दोस्रो चरणमा इटालीका फाबियो फोगिनीलाई हराउँदै नाडालले तेस्रो चरणको यात्रा तय गरेका हुन् ।
विश्व वरीयताको दोस्रो स्थानमा रहेका नाडालले फोगिनीमाथि २-६,६-४,६-२ र ६-१ को सेटमा जित निकाले ।
पहिलो सेट गुमाएपनि नाडालले उत्कृष्ट पुनरागमन गरेका थिए ।
कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले ४ पटक युएस ओपनको उपाधि जितेका छन् ।
३६ वर्षीय नाडालले पछिल्लो पटक २०१९ मा युएस ओपन जितेका थिए ।
महिलातर्फ विश्व नम्बर एक इगा स्वेटेकले तेस्रो चरणमा स्थान बनाएकी छिन् ।
पोल्याण्डकी इगाले सलोनी स्टेफेन्सलाई ६-३ र ६-२ ले पराजित गरिन् ।
इगाले तेस्रो चरणमा अमेरिकी खेलाडी लौरेन डाभिससँग खेल्ने छिन् ।
नाडाल तेस्रो चरणमा






1686853912-1760864621059.avif&w=3840&q=75)


%20(2)-1761961917188.png&w=3840&q=75)




%20(1)-1761905198112.png&w=3840&q=75)

