'फेडेररले आगामी बर्ष ग्राण्डस्लाम उपाधि जित्दैनन्'

एजेन्सी । स्विस खेलाडी रोजर फेडेररले आगामी बर्ष कुनैपनि ग्राण्डस्लाम टेनिसको उपाधि जित्न नसक्ने दाबी स्पेनिस प्रशिक्षक टोनी नाडालले गरेका छन् ।
पुर्व विश्व नम्बर एक फेडेरर कीर्तिमानी ग्राण्डस्लाम विजेता खेलाडी हुन् । ३७ बर्षीय फेडेररले २० पटक ग्राण्डस्लाम उपाधि जितेका छन् ।
तर, स्पेनिस राफायल नाडालका पुर्व प्रशिक्षक समेत रहेका टोनीले उमेर र उनको खेलको प्रदर्शनको आधारमा आगामी बर्ष ग्राण्डस्लाम जित्न नसक्ने बताए ।
'हामी सन् २०१९ बाट के आशा गर्न सक्छौं,' फेडेररका चिरपरिचित प्रतिद्वन्दी राफायल नाडालका काका समेत रहेकाटोनीले भने,'फेडररलाई अर्को ग्राण्डस्लाम उपाधि उठाउन गार्हो हुने मैले देखेको छु ।'
यस्तै प्रशिक्षक टोनीले फेडररका लागि पाँच सेटको प्रतियोगिता अब कठिन हुने बताए ।
पछिल्लो १४ बर्ष विश्व टेनिसमा फेडेरर र नाडालले एकलौटी राज गरेका थिए । तर, पछिल्लो समय नाडाल र फेडररले लय गुमाउदै गएका छन् । हालै लण्डनमा सम्पन्न एटिपी फाइनल्समा समेत फेडेररले उच्च प्रदर्शन गर्न सकेनन् ।
फेडेररले पछिल्लो पटक गत जनवरीमा अष्ट्रेलियन ओपन जितेका थिए ।





-1776255486335.jpeg&w=3840&q=75)


%20(2)-1777978001805.jpeg&w=3840&q=75)






