सेरेना र मेदभेदेबको विजयी सुरुआत
मंगलबार, १४ भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । अमेरिकी खेलाडी सेरेना विलियम्सले युएस ओपन टेनिसमा विजयी सुरुआत गरेकी छिन् ।
न्युयोर्कमा मंगलबार बिहान मोन्टेनेग्रोकी डन्का कोभिनिकलाई हराएर सेरेनाले सुखद सुरुआत गरेकी हुन् ।
२३ पटकको ग्रान्डस्लाम विजेता सेरेनाले कोभिनिकलाई ६-३ र ६-३ को सेटमा पराजित गरिन् ।
४० वर्षिया सेरेनाको यस प्रतियोगिता बिदाइ प्रतियोगिता हो । उनले युएस ओपनपछि सन्यासको घोषणा गरिसकेकी छिन्।
पुरुषतर्फ रुसी खेलाडी डानिल मेदभेदेबले पनि सुखद सुरुआत गरेका छन् ।
साविक विजेता समेत रहेका डानिलले अमेरिकन खेलाडी स्टेफान कोजलोभलाई पराजित गरे ।
रुसका नम्बर एक खेलाडी डानिलले स्टेफानलाई ६-२,६-४ र ६-० ले हराएर ।
डानिलले दोस्रो चरणमा फ्रान्सका अर्थरसँग खेल्ने छन्।
सेरेना र मेदभेदेबको विजयी सुरुआत






-1767335931387.jpeg&w=3840&q=75)


-1767924589079.webp&w=3840&q=75)
-1767923977114.webp&w=3840&q=75)



-1767840835858.webp&w=3840&q=75)