ज्वेभरेभले युएस ओपन गुमाउने
बुधबार, ०८ भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । विश्व नम्बर दुई जर्मनीका एलेक्सजेण्डर ज्वेभरेभले युएस ओपन टेनिस गुमाउने भएका छन् ।
फ्रेन्च ओपन दौरान बोकेको चोटको कारण उनले युएस ओपन गुमाउने भएका हुन् ।
गत जेठमा राफायल नाडालविरुद्धको सेमिफाइनल खेलमा उनले चोट बोकेका थिए । दोस्रो सेटको खेल दौरान लडेर घाइते भएपछि ज्वेभरेभले खेल त्यागेका थिए ।
२५ वर्षीय ज्वेभरेभ युएस ओपनमा २०२० को उपविजेता हुन् ।
ज्वेभरेभले अब चोटको शल्यक्रिया गर्ने तयारी गरेका छन् ।
ज्वेभरेभले युएस ओपन गुमाउने












-1772072487017.webp&w=3840&q=75)
-1772071766108.webp&w=3840&q=75)
-1772071473722.webp&w=3840&q=75)
-1772070961895.webp&w=3840&q=75)