टेनिस खेलाडी सलोनी अमेरिका जाने
सोमबार, ०६ भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालको नम्बर एक महिला टेनिस खेलाडी सलोनी तामाङ उच्च शिक्षाको लागि अमेरिका जाने भएकी छिन्।
नेपालको सेन्ट जेभियर्समा १२ कक्षासम्म अध्ययन गरेकी सलोनी उच्च शिक्षाको लागि मंगलबार अमेरीका प्रस्थान गर्ने भएकी हुन् ।
टेक्सासस्थित लामर विश्वविद्यालयमा शतप्रतिशत छात्रवृत्ति पाएपछि उनी त्यसतर्फ जान लागेकी हुन् ।
विभिन्न जुनियर प्रतियोगितामा च्याम्पियन भएकी उनी पछिल्लो एक वर्षको दौरानमा विभिन्न प्रतियोगितामा लगातार विजयी हुँदै आएकी थिइन् ।
प्रशिक्षक राजकुमार लामाले उनको उज्वल भविष्यको कामनासहित उनलाई बिदाइ गरे ।
टेनिस खेलाडी सलोनी अमेरिका जाने






-1767335931387.jpeg&w=3840&q=75)


-1767924589079.webp&w=3840&q=75)
-1767923977114.webp&w=3840&q=75)



-1767840835858.webp&w=3840&q=75)