टोटेनहम शीर्ष स्थानमा
शनिबार, ०४ भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ ।
शनिबार भएको खेलमा टोटेनहमले उल्भ्सलाई १-० गोल अन्तरले हराएको हो ।
टोटेनहमको जितमा ह्यारी केनले निर्णायक गोल गरे ।
उनले खेलको ६४ औं मिनेटमा गोल गरे ।
जितसँगै टोटेनहले ३ खेलमा ७ अंक जोडेको छ ।
टोटेनहम शीर्ष स्थानमा उक्लिएको छ ।
उल्भ्स १ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
टोटेनहम शीर्ष स्थानमा












