काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लेस्टर सिटीका फरवार्ड जेमी भार्डीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्।
लेस्टरले शनिबार इंग्लिस फरवार्ड भार्डीले सम्झौता नवीकरण गरेको जनाएको छ ।
सम्झौता नवीकरणसँगै भार्डी २०२४ सम्म लेस्टरमा रहने छन् ।
३५ वर्षीय भार्डी २०१२ देखि लेस्टरमा रहेका छन् ।

लेस्टरका लागि उनले ३ सय ८७ खेलमा १ सय ६४ गोल गरेका छन् ।
उनी लेस्टरका सर्वाधिक गोल गर्ने तेस्रो खेलाडी हुन् ।
लेस्टरका लागि उनले प्रिमियर लिग, कम्युनिटी शिल्ड र च्याम्पियनसिपको उपाधि जितेका थिए ।