काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज शनिबार ६ खेलहरु हुँदै छन् ।
प्रिमियर लिगमा आज आर्सनल, लेस्टर सिटी, एभर्टन, उल्भ्स लगायतका टोलीको खेल हुनेछ ।
शनिबार हुने पहिलो खेलमा टोटेनहम हट्सपर र उल्भ्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा पाँच बजे सुरु हुनेछ ।
यस्तै पौने आठ बजे विभिन्न ४ खेलहरु हुनेछ । जसमा लेस्टर सिटी र साउथह्याम्पटन, क्रिस्टल प्यालेस र एस्टन भिल्ला, नटिङहम फरेस्ट र एभर्टन तथा फुल्हाम र ब्रेन्टफर्डबीच प्रतिस्पर्धा हुनेछ ।
शनिबारको अन्तिम खेलमा आर्सनलले बर्नेमाउथसँग खेल्नेछ । खेल राति सवा १० बजे सुरु हुनेछ ।