काठमाडौं । इंग्लिस क्लब चेल्सीले सम्झौता नवीकरणका लागि मुख्य प्रशिक्षक थोमस टुचेलसँग छलफल अघि बढाएको छ ।
जर्मन प्रशिक्षक टुचेलको चेल्सीसँगको सम्झौता २०२४ सम्म रहेको छ ।
तर, सम्झौता नसकिदै चेल्सीले नवीकरणका लागि टुचेलसँग कुराकानी अघि बढाएको हो ।
चेल्सीले फ्रान्क लाम्पार्डलाई बर्खास्त गर्दै २०२१ मा टुचेललाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
सुरुआतमा १८ महिनाको सम्झौता गरेका टुचेलले चेल्सीलाई आएकै सिजन च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।
जर्मन प्रशिक्षक टुचेलको त्यो पहिलो च्याम्पियन्स लिग उपाधि समेत हो ।
त्यसअघि टुचेलले फ्रेन्च क्लब पीएसजीलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्राएका थिए ।