काठमाडौं । इटालियन क्लब नापोलीले फरवार्ड जियो सिमोनलाई अनुबन्ध गरेको छ ।
नापोलीले सिमोनलाई हेलास भेरोनाबाट लोनमा अनुबन्ध गरेको हो ।
२७ वर्षीय स्ट्राइकरलाई नापोलीले एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।
भेरोनाले उनलाई स्थायी खेलाडीको रुपमा अनुबन्धका लागि विकल्प समेत दिएको छ ।
अर्जेन्टिनी स्ट्राइकर काग्लियारीबाट भेरोना आएका थिए ।
उनले अर्जेन्टिनाको लागि ८ खेल खेलेका छन् ।