काठमाडौं । ब्रेन्टफोर्डका डिफेन्डर म्याथियस जोर्गेनसन क्लबमै बस्ने भएका छन् ।
डेनिस डिफेन्डर म्याथियसले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
ब्रेन्टफोर्डसँग उनले एक वर्षका लागि सम्झौता नवीकरण गरेका हुन् ।
उनलाई सम्झौता थप गर्न समेत बिकल्प दिईएको छ ।
सेन्ट्रल डिफेन्डर म्याथियस गत सिजनको सेप्टेम्बरमा क्लब आएका थिए ।
तर, चोटको कारण उनले गत सिजन मात्र ८ खेल खेलेका थिए ।
डिफेन्डर म्याथियसले डेनमार्कका लागि ३५ खेल खेलेका छन् ।